काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न शेयरधनीको नाममा रहेको कुल १० हजार ५०९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले हाल कायम संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिएकाले यो शेयर विद्यमान शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।