साताको अन्तिम दिन नेप्सेमा उच्च गिरावट, सूचक ३८ अंकले घट्दै २९१५ बिन्दुमा

काठमाडौं । सेयर बजारमा ३८।४० अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ३८.४० अंकले घटेर २९१५.७३ बिन्दुमा खुम्चिएको छ ।

अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से ४७।९३ अंकले घटेर २९५४.१४ बिन्दुमा सीमित भएको थियो । मंगलबार भने नेप्से ३०।७६ अंकले बढेर चार वर्षपछि पहिलो पटक नेप्से ३००२ बिन्दुमा अडिएको थियो ।

बिहीबार नेप्सेमा कुल १५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा १६ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।  बिहीबार कारोबारमा आएकामध्ये ५२ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार