दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज (साउन १५ गते) देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दैछ ।

कम्पनीले आफ्नो जारी पुँजीको ३८।३३ प्रतिशत अर्थात् प्रतिकित्ता अंकित मूल्य १०० रुपियाँका दरले ३९ लाख ५० हजार कित्ता आईपीओ सार्वजनिक निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसअनुसार पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारी गएका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, सर्वसाधारणसमा निष्कासन हुने २९ लाख १९ हजार ५०० कित्ता शेयरमध्ये कम्पनीका कर्मचारीलाई ५८ हजार ३९० र सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ९७५ कित्ता सुरक्षित गरी बाँकी रहेको २४ लाख २३ हजार १८५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन हुनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

आवेदन छिटोमा साउन १९ गतेसम्म दिन सकिनेछ । तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा साउन २९ गतेसम्म लम्बिनेछ ।

यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार