नेप्से चार वर्षयताकै उच्च बिन्दुमा, एकवर्ष पछि पुनः ३ हजार माथि

काठमाडौं– मंगलबार नेप्से परिसूचक चार वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । बजार लगातार बढ्न थालेसँगै नेप्सेको बजार आकार पहिलोपटक ५० खर्ब रुपैयाँ पुग्दै नयाँ रेकर्डसमेत राखेको छ ।

मंगलबार नेप्से परिसूचक बजार बन्द हुँदा ३००२.०७ बिन्दुमा आएको थियो । नेप्सेले एक वर्षअघिको उच्च बिन्दु पार गरेको हो।

२०८१ साउन ३१ मा नेप्से ३०००.८१ विन्दुमा पुगेको थियो। त्यसैले मंगलबार नेप्से करिब चार वर्षयताकै उचाइमा आइपुगेको हो। यसअघि नेप्से २०७८ भदौ १० गते ३०९४ मा बन्द भएको थियो।

मंगलबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार १९ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार १८ अर्ब ५२ करोड रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८४ करोड रूपैयाँ कमी आएको हो। आज ३२१ वटा धितोपत्रको चार करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच भएको हो। मंगलबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ वटाको घटेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार