शेयर बजार आठ दिनदेखि निरन्तर उकालो : आज १८ अर्बको कारोबार सहित सामान्य अंकले बढ्यो नेप्से 

काठमाडौँ–  यो साताका पाँचै दिन शेयर बजार उचालिएको छ । बजार विगत ८ दिनदेखि लगातार बढी रहेको छ ।

गत असार ३१ गते मंगलबारदेखि बजार लगातार बढी रहेको छ । गत आवको अन्तिम २ दिन र नयाँ आर्थिक वर्ष शुरु भएपछि ६ दिन बजार लगातार बढेको हो । साताको अन्तिम शेयर बजार बढेर बन्द भएको छ । बिहीबार नेप्से सामान्य अंकले बढेर बन्द भएको हो । आज नेप्से ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा पुगेको छ ।

नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँ बराबरको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा १२३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य स्थिर रहेको छैन । ३२८ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ५४ हजार ६४२ पटक शेयर किनबेच भएको छ ।

१३ समूहमध्ये ६ समूह बढ्दा ७ समूह घटेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूह बढेको छ भने कम म्युचुअल फण्ड समूह बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार