सानो अमलाका फाइदै फाइदा !

काठमाडौं – भिटामिन सीका अन्य स्रोतजस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ तर, अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधैं रहिरहन्छ ।

अमला सेवनले इम्युनिटी छिटो बूस्ट हुन्छ । यसले पाचनतन्त्र बलियो बनाउनुका साथै शारीरिक विकासलाई पनि सहयोग गर्छ ।अमलालाई काँचै, अचार बनाएर वा जुस बनाएर खान सकिन्छ ।

बच्चाहरूको नाकबाट रगत आउने समस्याबाट मुक्ति पाउन अमलाको पेस्ट केही बेरसम्म बच्चाको निधारमा राख्नुस् । त्यसले शरीरलाई शीतल अनुभव गराउँछ । आँखा पोल्ने वा चिलाउने समस्या भएमा अमलालाई पिँधेर आँखाको ढकनीमा दल्नुस् । अमलाको रसको दुई थोपा आँखामा राख्दा पनि हुन्छ । केही दिन यसो गर्दा आँखाले आराम अनुभव गर्छ ।

अमलाका फाइदाहरू :

– यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ ।

-अमला खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ ।

-अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ ।

-अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ ।

-यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।

-अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउन फाइदाजनक मानिन्छ ।

-यसमा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्किलो बनाउने र कपाल झर्ने समस्याबाट पनि मुक्ति दिन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार