काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार आज २१.७६ अंकले बढेको छ । नेप्से परिसूचक ०.७५ प्रतिशतले बढेर २८९२.७२ विन्दुमा बन्द भएको छ । नेप्से चार महिनायताकै उच्च विन्दुमा पुगेको हो । गएको फागुन १८ गते नेप्से २८९०.२८ विन्दुमा पुगेको थियो । त्यसपछि घटेर ०८१ असोज १३ मा २४६४.४० विन्दुसम्म झरेको थियो । यस दिन १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भयो । हिजाे आइतबार २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
एक लाख ३८ हजार ८२८ पटकमा तीन करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आइतबार एक लाख ७८ हजार १७६ पटकमा पाँच करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर खरिद–बिक्री भएको थियो । सोमबार १५३ कम्पनीको सेयर मूल्य बढ्यो । ९६ कम्पनीको सेयर मूल्य घट्यो । ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो ।
आज १५३ कम्पनीको मूल्य बढ्दा ९६ को घट्यो। माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.९३ प्रतिशत बढ्यो। बैंकिङ ०.४८, विकास बैंक १.४२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, निर्जीवन बीमा १.२७, अन्य १.८४ तथा व्यापार ०.४३ प्रतिशत बढे। तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। १० प्रतिशत बढेका कम्पनीमा थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जी छन्। उन्नति सहकार्य लघुवित्तको ९.४०, फस्र्ट माइक्रोफाइनान्सको ८.९९ प्रतिशत मूल्य बढ्यो।