सिरिया साम्प्रदायिक हिंसा, ९४० जनाको मृत्यु

काठमाडौँ । सिरियाको ड्रुज बहुल स्वेइडा क्षेत्रमा भएको साम्प्रदायिक हिंसामा ९४० जनाको मृत्यु भएको छ।

मिडिया रिपोर्टका अनुसार हिंसाका क्रममा मेसिन गन र मोर्टार गोलाबारीका आवाजहरू सुनिएको थियो । धेरै दिनको हिंसा पछि, इस्लामिक नेतृत्वको सरकारले युद्धविराम लागू गर्न असफल भएको छ ।

हिंसा ड्रुज समुदाय र बेदुइन जनजातिहरू बीचको सामान्यबाट शुरु भएको झडप हिँसामा परिणत भएको थियो । रोयटर्सका अनुसार, हताहतको स्पष्ट संख्याको पुष्टि अझै भएको छैन ।

तर विभिन्न रिपोर्टमा ९४० भन्दा बढीको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार