हुस्सु लगानीकर्ताले तिरे १२.६८ करोड जरिवाना

काठमाण्डौ । आर्थिक बर्ष २०८१/८२ मा सेयर बजारमा हुस्सु लगानीकर्ताहरुले १२ करोड ६८ लाख ७१ हजार ३७२ रुपैयाँबराकरको क्लोज आउट बापतको जरिवाना तिरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर बढी हो ।

आथिर्क वर्ष २०८०/८१ मा भने लगानीकर्ताहरले ६ करोड ६५ लाख २७ हजार रुपैयाँ क्लोजआउट बापत तिरेका थिए । सीडीएससीका अनुसार यो अवधिमा २९ लाख ७१ हजार ८९४ वटा क्लोजआउटका घटना भएका छन् । यो संख्या आव २०७९/८० को तुलनामा ४०० प्रतिशतले बढी हो । आव २०७९/८० मा ६ लाख २ हजार २३८ जना क्लोजआउटमा परेका थिए ।

आव २०७९/८० लगानीकर्ताले समयमै ईडीआईएस नगर्दा २० प्रतिशत जरिवाना स्वरुप ४ करोड १७ हजार रुपैयाँ तिरेका थिए । क्लोजआउट बापतको २५ प्रतिशत रकम आकस्मिक जरिवाना कोषमा जाने गर्छ भने बाँकी किन्ने लगानीकर्तालाई ब्रोकरहरुले दिने गर्छन् ।

सीडीएससीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा क्लोजआउट बापत लगानीकर्ताहरुले १५ करोड ३४ लाख रुपैयाँ बढी तिरेका थिए । यस्तै आर्थिक वर्ष २०७८/७९ मा भने क्लोजआउट बापत ९ करोड ७८ लाख ९४ हजार रुपैयाँबराबरको रकम लगानीकर्ताले जरिवना स्वरुप तिरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार