काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज ७५.८४ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक २.७१ प्रतिशतले बढेर २,८७०.६२ विन्दुमा बन्द भएको छ ।
यो विन्दु पाँच महिनायताकै उच्च हो । यसअघि, फागुन २० गते नेप्से परिसूचक २,८४६ विन्दुमा बन्द भएको थियो ।
आज कारोबार रकम बढेर १६ अर्ब ५९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । कारोबार रकम पनि पाँच महिनायताकै उच्च हो ।
कारोबारमा आएकामध्ये २३९ कम्पनीको सेयरमूल्य बढेको छ । नौ कम्पनीको सेयरमूल्य घटेको छ । पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
९ प्रतिशतभन्दा बढी सेयरमूल्य बढ्नेमा ट्रेड टावर, शुभम पावर, थ्री स्टार हाइड्रोपावर, इस्टन हाइड्रोपावर र बाराही हाइड्रोपावर पब्लिक लिमिटेड छन् ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । ‘अन्य’ समूहको परिसूचक ५.०९ प्रतिशत बढेको छ । यो समूहको परिसूचक अरूको तुलनामा सर्वाधिक बढेको हो ।