काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार (असार ३२) नेप्से परिसूचक ३४.६१ अंकले बढेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्तिम कारोबारका दिन बजार मापक २७९४.७८ विन्दुमा बन्द भएको छ । कुल १.२५ प्रतिशतले बढेसँगै बजार सकारात्मक माहोलतर्फ प्रवेश गरेको छ ।
यस दिन चार करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर किनबेच भयो । कुल कारोबार रकम १४ अर्ब तीन करोड रुपैयाँ नाघेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
कारोबार भएका ३३० कम्पनीमध्ये १९३ वटाको सेयर मूल्य बढ्यो । ५५ कम्पनीको सेयर मूल्य घट्यो । कुल ९९ हजार ५०५ कारोबार भए ।
सबैभन्दा धेरै लाभ कमाउने कम्पनीमा कुमारी बैंक (केबीएल डिबेन्चर) १० प्रतिशतले बढ्यो । उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ४१२.९० रुपैयाँमा बन्द भयो ।