शेयर बजार आज ३४.४६ अंकले बढ्यो, साढे नौ अर्बको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार (असार ३१) ३४.४६ अंकले बढेको छ । नेप्से परिसूचक १.२६ प्रतिशतले बढेर २७६०.१७ विन्दुमा बन्द भएको छ । सोमबार (असार ३०) नेप्से परिसूचक ३५.०९ अंकले घटेको थियो ।

यस दिन कारोबार रकम पनि बढेको छ । नौ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भयो । सोमबार आठ अर्ब १७ करोड २१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

२०९ कम्पनीको सेयर मूल्य बढेको छ । ३९ कम्पनीको सेयर मूल्य घटेको छ । सुपरमादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.०८ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्ड समूहको परिसूचक स्थिर छ । बाँकी समूहको परिसूचक बढेको छ

प्रतिक्रिया
सम्बन्धित समाचार