बुंगल हाइड्रोको आईपीओ निष्कासन

काठमाडौं । बुंगल हाइड्रो कम्पनीले आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले २९ करोड ५ लाख रुपैयाँको आईपीओ निष्कासन गर्न लागेको छ । ल्याउन अनुमति पाएको छ। प्रतिकित्ता १०० रुपैयाँका दरले २९ लाख ५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले ८ लाख ३० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गर्ने छ, । आयोजना अतिप्रभावित बझाङ जिल्ला बुंगल नगरपालिका वडा ६ (साविक पिपलकोट गाविस वडा- ४, ५ र ७) र वडा-७ (साविक कफल्सेरी गाविस वडा- १) का बासिन्दाका लागि ६५ प्रतिशत बाँकी ३५ प्रतिशत सेयर बुंगल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाका लागि छुट्याएको छ ।

कम्पनीले २ लाख ७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीका निष्कासन गर्ने छ । आयोजना प्रभावित र स्थानीयले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार