शेयर बजार आज २२ अंकले बढ्यो, साढे सात अर्बको कारोबार 

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज बढेर बन्द भएको छ । नेप्से परिसूचक २२.०४ अंकले बढेर २,७०५.९० विन्दुमा बन्द भएको हो ।

आज सात अर्ब ४५ करोड १८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार ६ अर्ब ५७ करोड रुपयाँको सेयर खरिदबिक्री भएको थियो ।

यसदिन १९९ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ४९ कम्पनीको सेयरमूल्य घटेको छ । बरुण हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ६.२१ प्रतिशतले बढेको छ । ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य आज ४.४१ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये फाइनान्स र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।

फाइन्स समूहको परिसूचक ०.३८ प्रतिशत र म्युचुअल फन्ड समूहको परिसूचक ०.०१ प्रतिशतले घटेको छ । वाणिज्य बैंक समूहको परिसूचक १.६८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार