काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज ९असार २३० अन्तिम दिन हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा गएका नेपालीका लागि आईपीओ निष्कासन गरिरहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपियाँका दरले ३९ लाख ५० हजार कित्ता आईपीओ सार्वजनिक निष्कासन गर्न अनुमति पाएको थियो ।
आयोजना प्रभावितलाई छुट्याइएको १० लाख ३० हजार ५०० कित्ता शेयरमा गुल्मीको मुसिकोट नगरपालिका तथा बाग्लुङका गल्कोट नगरपालिका र बडिगाढ गाउँपालिकाबासीले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, सर्वसाधारणसमा निष्कासन हुने २९ लाख १९ हजार ५०० कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ९१ हजार १५० कित्तामा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् । दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।