काठमाडौं उपत्यकामा लगातार वर्षा, विष्णुमती र धोबी खोलामा जलसतह बढ्दो क्रममा

काठमाडौं । काठमाडौं उपत्यका आसपास जिल्लामा शुक्रबार राति पानी परिरहेको छ । काठमाडौंस्थित विष्णुमती र धोबी खोलामा जलसतह बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

ूकाठमाडौंस्थित विष्णुमती नदी गोंगबु र धोबी खोला जलमापन केन्द्रमा हालको जलसतह बढ्दो क्रममा रहेको छ,ू विभागले आइतबार राति जारी गरेको सूचनामा भनिएको छ ।

विभागले सतर्कता तह आसपास रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरूले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार