काठमाडौं– नेसनल टेलिभिजन (हाल बन्द)का अध्यक्ष युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७ सय ९ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कैद सजाय मागदाबीसहित सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दायर गरेको हो ।
नक्कली भारतीय नोटको कारोबार र विदेशी मुद्रा तस्करी, लागूऔषध कारोबारबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेर टेलिभिजन सञ्चालनदेखि जग्गारजमिन खरिदबिक्री लगायतमा लगानी गरेको अभियोगमा उनलाई प्रतिवादी बनाइएको छ ।
यसैगरी नेसनल टेलिभिजनका तत्कालीन सञ्चालक भुवनेश्वरप्रसाद कुशवाहलाई ५ करोड २ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेर ९बिगोको हकमा मात्रै० मुद्दा दायर गरिएको छ । गैरकानुनी सम्पत्ति जफत प्रयोजनका लागि अन्सारीकी पत्नी सलमा खातुन र अर्मी महिला प्रमिला अधिकारीलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।