एसईईको नतिजा आज ६ बजेपछि आउने

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ ।

केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टराईले जानकारी दिए ।

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार