शेयर बजार आज ४.४५ अंकले ओरालो, कारोबार रकम सात अर्ब ७८ करोड 

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ४.४५ अंकले घटेको छ । ०.१७ प्रतिशतको गिरावटसहित बजार मापक दुई हजार ५९५.७४ विन्दुमा झरेको छ । ३०६ कम्पनीको एक करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर किनबेच भएको छ । सात अर्ब ७८ करोड २४ लाख २२ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

१५५ कम्पनीको सेयर मूल्य घटेको छ । ९३ कम्पनीको सेयर मूल्य बढेको छ । सर्वाधिक कमाउने कम्पनीको सूचीमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रह्यो । कम्पनीको सेयर मूल्य ९.१८ प्रतिशतले वृद्धि भई प्रतिकित्ता एक हजार ३०१.९७ रुपैयाँमा बन्द भएको छ । सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता ९९५.८८ रुपैयाँ पुगेको छ ।

वरुण हाइड्रोको ८.९२, पिपुल्स हाइड्रोको ७.१४ र सुपर मादी हाइड्रोको सेयर मूल्य ६.८४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कारोबार हुनेमा बुटवल पावर कम्पनी रह्यो । बुटवल पावर कम्पनीको ६२ करोड ५२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । यसको मूल्य प्रतिकित्ता ८४०.१० रुपैयाँमा बन्द भएको छ । राधी हाइड्रोपावरको ३९ करोड २० लाख रुपैयाँको सेयर कारोबार भयो । प्रमुख कारोबार गर्ने अरू कम्पनीमा ङादी ग्रुप, सिंगटी हाइड्रो, वरुण हाइड्रोलगायत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार