नेप्से आज बुधबार स्थिर, ६ अर्बको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.३३ अंकले घटेर २,६००.२० विन्दुमा बन्द भएको हो ।

आज पाँच अर्ब ९४ करोड २८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार पाँच अर्ब ७६ करोड ७८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

यसदिन ११२ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १३४ कम्पनीको सेयरमूल्य घटेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य स्थिर छ । यस कम्पनीको सेयरमूल्य प्रतिकित्ता एक हजार ८९० रुपैयाँ कायम छ ।

मोदी इनर्जी लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य आज पनि ९.५१ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार