नेप्सेमा ३० अंकको वृद्धि, सूचक २६ सयकै लाइनमा स्थिर

काठमाडौं – सेयर बजार मंगलबार लगभग स्थिर जस्तै देखिएको छ । नेप्से सूचक सोमबार १।०८ विन्दुले बढेर २६०१।८४ अंकमा बन्द भएको छ । यस दिन ५ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको मात्र सेयर कारोबार भएको छ । मंगलबारको सुरुवाती कारोबारमा करिब ३० अंकले बढेपनि नेप्सेको वृद्धि टिक्न सकेन ।

दिनको अन्त्यमा नेप्से सूचक झिनो अंकले मात्र हरियो भएर बन्द भएको हो । बजारमा कारोबारीहरुले झिनो वृद्धिमै फाइदा दिन खोजेको देखिन्छ । असार मसान्त नजिकिँदै जाँदा बजार बजारका कारोबारी तथा लगानीकर्ताहरुलाई पनि बैंकको सावाँ ब्याज भुक्तानी गर्नुपर्ने दबाब हुन्छ । यस्तो अवस्थामा सावाँ ब्याज भुक्तानी गर्ने रकमको जोहो सेयर बजारबाटै गरिने हुँदा सूचकमा दबाब पर्न जान्छ ।

यस दिन ३ सय १६ कम्पनीको १ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा बुटवल पावर कम्पनी अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत कम्पनी र हिमालयन पावर पार्टनर परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार