शेयर बजारमा देखियो आज सामान्य सुधार, कारोबार ६ अर्ब ४७ करोडमा खुम्चियो

काठमाडौं । सोमबार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । केहीँ दिनयता लगातार ओरालो लागिरहेको नेप्से सूचक आइतबार एकैदिन ३२ अंकमाथिले घट्दै २५९६.७४ विन्दुमा झरेको थियो । आज नेप्से ४.७८ अंकले बढ्दै २६००.७६ विन्दुमा उक्लिएको हो ।

तथापि, आज कारोबार रकम भने घटेर ६ अर्ब ४७ करोड १९ लाख रुपियाँमा खुम्चिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । अघिल्लो दिन ३२ अंकमाथिले सूचक घट्दा ९ अर्ब १४ करोड ५८ लाख रुपियाँ बराबरको कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार