नेप्से चार दिनदेखि २,६५० कै विन्दुमा स्थिर, आज नौ अर्बको कारोबार 

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक चार कारोबार दिनदेखि २,६५० कै विन्दुमा स्थिर छ । गएको आइतबारदेखि बजार झिनो अंकले बढ्ने र घट्ने गरेको छ । आज १.०७ अंकले घटेर बजार २,६५३.६८ विन्दुमा बन्द भएको छ ।

आइतबार बजार २,६५५.८५ विन्दुमा थियो । सोमबार २,६५८.६६ र मंगलबार २,६५४.७५ विन्दुमा बन्द भएको थियो ।

यसदिन कारोबार रकम साढे दुई अर्ब रुपैयाँले बढेको छ । आज नौ अर्ब आठ करोड ५८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार सात अर्ब ६५ करोड ३२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज ८८ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १५९ कम्पनीको सेयरमूल्य घटेको छ । बोटलर्स नेपाल (बालाजु)को सेयरमूल्य स्थिर छ । यस कम्पनीको सेयरमूल्य प्रतिकित्ता १६ हजार ७०० रुपैयाँ छ ।

आज पियोर इनर्जीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । जोसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ९.९० र यूनियन हाइड्रोपावरको सेयरमूल्य ९.९० प्रतिशतले बढेको छ । कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक बढ्नेमा हाइड्रोपावर, जीवन बिमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र व्यापार समूह छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार