कुमारी बैंक र मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक र मञ्जुश्री फाइनान्सले संस्थापक शेयर बिक्रीमा राखेका छन् ।

कुमारीले ७ हजार ८८१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ भने मञ्जुश्रीले शेयर संख्या खुलाएको छैन ।

कुमारीको शेयर जोकोही सर्वसाधारणले किन्न पाउनेछन् । शेयर किन्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिक हुनेछ ।

त्यस्तै, मञ्जुश्रीको शेयर भने हाल कायम विद्यमान शेयरधनीले मात्रै किन्न पाउनेछन् । त्यसैले संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर कित्ताको व्यहोरा खुलाई संस्थाको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार