काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयरधनी हविव बैंक लिमिटेडको नाममा रहेको कुल २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
प्रतिकित्ता न्यूनतम ११२.८० रुपियाँ तोकिएको यो शेयर खरिदका हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र हेरिटेज प्लाजा, कमलादीस्थित बैंकको कानुन विभागमा निवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।