शेयर बजारमा लगानी गर्न भन्दै १० महिनामा साढे ३५ अर्ब ऋण प्रवाह

काठमाडौं । लगानीकर्ताले शेयर बजारमा लगानी गर्न भन्दै बैशाख महिनामा मात्रै एक अर्ब ३९ करोड ८७ लाख रुपियाँ कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मार्जिन प्रकृतिको कर्जाको बक्यौता (आउटस्ट्यान्डीङ)को आधारमा यस्तो देखिएको हो ।

गत चैत मसान्तसम्म बैंकहरुले एक खर्ब २४ अर्ब १२ करोड २० लाख रुपियाँ मार्जिक प्रकृतिको कर्जा प्रवाह गरेका थिए । बैशाख मसान्तसम्म आउँदा त्यो एक खर्ब २५ अर्ब ५२ करोड सात लाख रुपिपयाँ पुगेको छ । त्योअनुसार बैशाखमा मात्रै यस्तो कर्जा एक अर्ब ३९ करोड ८७ लाख रुपियाँले बढेको छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरुको शेयर किन्न बैंकहरुले लगानीकर्तालाई शेयर धितोमा ऋण दिन्छन्, जसलाई मार्जिन प्रकृतिको कर्जा भनिन्छ ।

चालु आवको १० महिनामा मात्रै यस्तो कर्जा प्रवाह ३९।३ प्रतिशतले बढेको छ । गत असारसम्म यस्तो कर्जा प्रवाह ९० अर्ब नौ करोड ३२ लाख रुपियाँ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार