११ अंकले घट्यो शेयर बजार, नौ अर्ब १३ करोडको कारोबार   

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज ११.०६ अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ०.४१ प्रतिशत घटेर २,६२९.८९ विन्दुमा बन्द भएको छ ।

आज कारोबार रकम बढेर नौ अर्ब १३ करोड ७४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गत साताको अन्तिम करोबार दिन बिहीबार सात अर्ब ९७ करोड आठ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज कारोबारमा आएका १३ समूहमध्ये होटेल तथा पर्यटन र हाइड्रोपावर समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

होटेल तथा पर्यटन समूहको परिसूचक ०.१२ प्रतिशतले र हाइड्रोपावर समूहको परिसूचक १.२२ प्रतिशतले बढेको छ ।

आज ८६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १६२ कम्पनीको सेयरमूल्य घटेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार