‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को इकाई बिक्री आजदेखि खुला गरिएको छ। प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ४ करोड इकाइको बिक्री आवेदन खुला गरिएको हो ।

प्रति इकाइ मुल्य रु.१० दरको ४ करोड इकाइमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवद्र्धक संस्था प्रभु बैंक र ७.५ प्रतिशत अर्थात ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखि प्रथमपटक सर्वसाधारणमा २ करोड ५० लाख इकाई बिक्री गर्न लागिएको हो ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ३१ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार