लगातार किन घटिरहेको छ सेयर बजार ? 

काठमाडौं । पछिल्ला दुई दिनमा धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक करिब ५० अंक घटेको छ । आज (बुधबार) ११ अंकले घटेर बजार २६४६.९५ विन्दुमा बन्द भएको छ ।

मंगलबार बजार ३५.७३ अंक घटेको थियो । पछिल्ला दिनमा नेप्सेगँगै कारोबार रकम पनि घटिरहेको छ । सोमबारयता कारोबार रकम दैनिक घटेको छ । सोमबार नौ अर्ब २२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार ६ अर्ब ६७ करोड र बुधबार (आज) पाँच अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

अंग्रेजी जुन महिनालाई सेयर बजार बढ्ने महिनाका रूपमा लिने गरिए पनि पछिल्ला दिनको कारोबार रकम र परिसूचकको घटाइ अस्वाभाविक जस्तै भएको छ । बजारमा दैनिक ५/६ अर्बको कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार