व्यापारिक दृष्टिकोणबाट आज बुधबारको ग्रहस्थिति

wednesday

🔥 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यापार व्यवसायमा धनलाभका योग छन्। कार्यक्षेत्रमा एउटा काम सिध्याएर मात्र अर्को काम प्रारम्भ गर्नुहोला। आफन्तहरूसँग मनमुटाव रहन सक्छ, सावधान रहनुहोस्। विद्यार्थीहरूलाई पठनपाठनको लागि उचित समय रहेको छ।

🐂 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आजको दिन उत्साहले परिपूर्ण रहनेछ। सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ। प्रतियोगी परीक्षार्थीलाई परीक्षामा कडा टक्कर मिल्ला। नोकरीमा सरुवा हुने कुरा अगाडि बढ्न सक्छ। प्रेम सम्बन्धमा सुमधुरता आउनेछ।

👥 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

परिश्रम अनुरूप कार्यक्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा नयाँ अवसर मिल्ने योग छ। नोकरी वा पेशामा आत्तिएर निर्णय नलिनुहोला।

🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

महत्त्वपूर्ण कार्यहरूमा मातापिताको सल्लाह अवश्य लिनुहोला। मित्रहरूसँग रमाइलो समय बित्नेछ। आर्थिक कारोबारको दृष्टिले दिन राम्रो रहेको छ।

🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नोकरी र व्यापार व्यवसाय दुबैमा अर्काको भर नपर्नुहोला। लगानी लगाउनदेखि बच्नुहोस्। वैदेशिक रोजगारबाट लाभ कमाउने योग छ। विद्यार्थीहरू आफ्नो पढाइमा सजग रहनुहोस्।

🌾 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

सामाजिक प्रतिष्ठा बढ्नुका साथै कार्यक्षेत्रमा सम्मान बढ्नेछ। शत्रुहरू परास्त हुनेछन्। आर्थिक पक्ष सबल रहनेछ। सामाजिक सञ्जालमा बोल्दा शब्द चयनमा ध्यान राख्नुहोस्।

⚖️ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

कार्यक्षेत्रमा अतिरिक्त कार्यको जिम्मेवारी मिल्नुका साथै विशिष्ट व्यक्तिहरूसँग भेट हुनेछ। कानुनी समस्याबाट मुक्ति मिल्नेछ। विद्यार्थीहरूलाई अध्ययन् अध्यापनको लागि समय अनुकूल रहेको छ।

🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कार्यक्षेत्रमा नयाँ योजनाहरू बन्नेछन्। व्यापारमा सामान्य लाभ रहनेछ। ऋण दिनदेखि वच्नुहोस्। प्रतियोगी परीक्षामा विद्यार्थीहरूलाई दिन संघर्षपूर्ण रहनेछ।

🏹 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आर्थिक कारोबारको दृष्टिले आजको दिन सामान्य रहनेछ। शेयर बजारबाट लाभ मिल्न सक्छ। आफन्तहरूबाट शुभ सूचना मिल्नेछ। घरपरिवारमा उत्सवको वातावरण रहनेछ।

🐊 मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

व्यापार वा व्यवसायमा लाभको स्थिति रहेको छ। कार्यक्षेत्रमा बौद्धिक क्षमताको तारिफ हुनेछ। शिक्षाको क्षेत्रमा दिन उत्तम रहेको छ। लगनशीलताले अप्ठ्यारो कामलाई सरल बनाउन सकिनेछ।

🌬️ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आफन्तहरूसँग भेटघाटका योग छन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। कार्यक्षेत्रमा आयआर्जनका नयाँ अवसरहरू मिल्नेछन्। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्।

🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मेहनतले सफलता मिल्नेछ। आलस्य गर्नेदेखि बच्नुहोस्। नकारात्मक कुराहरूबाट दाम्पत्य जीवनमा मनमुटाव रहन सक्ला। आफ्नो गुप्त कुराहरु कसैसंग नभन्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार