काठमाडौं । तिहार बिदापछि खुलेको नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपियाँले घट्दा चाँदीको मूल्य पनि १५५ रुपियाँले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपियाँमा कारोबार भइरहेको छ। तिहारअघि अन्तिम कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपियाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपियाँले घटेको छ । तिहारअघि प्रतितोला ३ हजार ८५५ रुपियाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ७०० रुपियाँमा झरेको महासंघले जनाएको छ ।
तिहार बिदापछि बजार खुलेसँगै दुवै बहुमूल्य धातुको मूल्यमा आएको यो गिरावटले सुनचाँदी खरिद गर्ने उपभोक्तालाई केही राहत पुग्ने देखिएको छ।