शेयर बजार आज झिनो अंकले वृद्धि, कारोबार समेत बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.०५ प्रतिशत अर्थात १.६० अंकले बढेर २ हजार ६९४.६६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले घटेर ४६०.९८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

गत बुधबार भने बजारमा ८ अर्ब ५८ करोड बढीको कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार