झापामा भीषण वर्षा : माईखोलाको बाढी बस्ती पस्यो, २२ घर डुबानमा, तमोर करिडोर पनि अवरुद्ध

काठमाण्डु – झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् ।

मनसुन सुरु भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार माई खोलाको बाढीले झापा गाउँपालिका–२ स्थित सुगाबथानका २२ घर डुबानमा परेका हुन् ।

सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा पनि क्षति पुगेको छ ।

बाढीले निर्माणाधीन एसियन हाइवेको डाइभर्सन बगाउँदा पूर्व पश्चिम राजमार्गमा यातायात सञ्चालनमा समस्या उत्पन्न भएको छ ।

बस्तीबाट खोलाको पानी बगिरहेको छ भने स्थानीय मानिस बाटोमा बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार