राइड सेयरिङको कानुनी मान्यताविरुद्ध विरोध : गण्डकीमा यातायात ठप्प

पोखरा – गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई कानुनीरूपमा स्वीकृति दिने नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि प्रदेशभर सार्वजनिक यातायात सेवा प्रभावित भएको छ। नियमावली सार्वजनिक भएपछि यसको विरोधस्वरूप यातायात व्यवसायीहरूले सवारी साधन सञ्चालन नगरेका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा गण्डकीका सवारी व्यवसायीहरूले आन्दोलन थालेका छन्। उनीहरूले सरकारको निर्णयले सार्वजनिक यातायातलाई कमजोर बनाउने आशंका व्यक्त गर्दै निर्णय फिर्ता लिन दबाब दिइरहेका छन्।

महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले सरकारकै कदमले व्यवस्थित यातायात प्रणाली धरासायी बनाउने आरोप लगाएका छन्। यस विरोधका कारण आज बिहानैदेखि गण्डकीमा ट्याक्सी, बस र ढुवानी सेवा पूर्ण रूपमा अवरुद्ध छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार