आज कुन राशिको व्यापार चम्किनेछ?

🐏 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज व्यापार व्यवसायमा लाभ रहनेछ। मित्रजनहरूसँग भेटघाटले मन प्रसन्न रहला। शत्रुहरू पराजित हुनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

🐂 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज अधिक खर्चको सम्भावना छ, निर्णयहरू सोचविचार गरेर गर्नुहोस्। व्यापारमा नयाँ अवसरहरू प्राप्त हुन सक्छन्।

👯 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज आर्थिक दृष्टिले दिन राम्रो रहनेछ, धन र सम्मान प्राप्त हुने सम्भावना छ। व्यापारमा नयाँ साझेदारी लाभदायक हुन सक्छ।

🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यापार व्यवसायमा नयाँ निर्णय लिनुभन्दा अघि राम्रो सोचविचार गर्नुहोस्। समयलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ।

🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापारमा सतर्क रहनुहोस्, नयाँ साझेदार बनाउनु अघि अनुभविहरूसँग सल्लाह लिनुहोस्। कार्यक्षेत्रमा आफ्नो कार्य स्वयं गर्ने प्रयास गर्नुहोस्।

👧 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

मनोरञ्जनात्मक वस्तुमा सोच विचार गरेर पैसा खर्च गर्नुहोस्। विद्यार्थीहरूको आत्मविश्वासमा वृद्धि हुनेछ। व्यापारमा नयाँ योजनाहरू सफल हुन सक्छन्।

⚖ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज सकारात्मक सोच र कडा मेहनतले समय सफलतादायक रहनेछ। पद प्रतिष्ठामा वृद्धि हुनेछ। व्यापारमा नयाँ अवसरहरू प्राप्त हुन सक्छन्।

🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यवसायमा नयाँ निर्णयको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। कानुनी मुद्दा मामलाहरूमा सावधान रहनुपर्ने समय रहेको छ।

🏹 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

नोकरी वा पेशामा उन्नतिको अवसर मिल्नेछ। योजनाहरू सफल रहनेछन्। व्यापारमा नयाँ साझेदारी लाभदायक हुन सक्छ

🐊 मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

व्यापार व्यवसायबाट मनग्य लाभ प्राप्त हुनेछ। आँटेका कार्य पूरा हुनेछन्। नयाँ कार्यको थालनी हुनेछ।

🌊 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मेहनतले कार्यमा सफलता दिलाउनेछ। प्रतिस्पर्धामा सफलता पाइनेछ। व्यापारमा नयाँ अवसरहरू प्राप्त हुन सक्छन्।

🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

व्यवसायमा नयाँ निर्णयको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। स्वास्थ्य सम्बन्धी समस्यामा चिकित्सकको सलाह लिनुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार