शंकास्पद वित्तीय कारोबारकाे डरलाग्दो स्वरुप, एकैवर्ष ४९ प्रतिशतले वृद्धि 

सम्पत्ति शुद्धीकरण विरुद्धको उजुरी तथा सो सम्बन्धी प्रतिवेदनको संख्या ९ हजार ३०४ पुग्याे

काठमाडौं । सम्पत्ति शुद्धीकरण विरुद्धको उजुरी तथा सो सम्बन्धी प्रतिवेदनको संख्या ९ हजार ३०४ पुगेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी ईकाईका अनुसार सन् २०२४ को अन्तसम्ममा बैक तथा वित्तीय संस्थाबाट प्राप्त संकास्पद सम्पत्ति शुद्धीकरण सम्बन्धी उजुरी प्रतिवेदनको संख्या ९ हजार नाघेको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूले इकाईमा सम्प्रेषण गरेका शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको संख्या सन् २०२३ मा ६ हजार २५५ रहेको थियो । तर, पद्धिल्लो एक वर्षमै यस्तो उजुरीको संख्यामा करिब ४९ प्रतिशतले वृद्धि आएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थामा नगद कारोबार गर्दा कुनै ग्राहक वा सेवाग्राहीको आर्थिक कारोबार अनुचित र असोभाविक लागेमा त्यस्तो कारोबारलाई राष्ट्र बैंकको एफआईयू युनिटमा जानकारी दिनुपर्ने नियम छ । यस्तै सहकारी क्षेत्रमा सम्पत्ति शुद्धीकरणको गविविधि भएको संका लागेमा गोएमएलएमार्फत जानकारी दिने व्यवस्था गरिएको छ । सोही व्यवस्था बमोजिम केन्द्रीय बैंकको एफआईयू युनिटमा परेको जानकारी तथा उजुरी मुद्दाको प्रतिवेदन सार्वजनिक गरेको हो ।

सन् २०२३–२४ को विवरण प्रतिवेदन सार्वजनिक गरेको एफआईयू युनिटले प्राप्त प्रतिवेदनहरूमध्ये सन् २०२४ मा एक हजार ८९४ प्रतिवेदन विश्लेषण गरेकोमा सो मध्ये एक हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्नेरअनुसन्धानकारी निकायमा तथा नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा पठाइएको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार