रसुवा भन्सार नाकाबाट ठूलो परिमाणमा सुन बरामद

काठमाडौं। रसुवा भन्सार नाकामा ठूलो परिमाणमा सुन बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार चीनबाट नेपाल ल्याउँदै गरेको सुन बरामद गरिएको हो।

‘प्रहरी सुनजस्तो देखिन पहिले धातु बरामद गरिएको छ,’ रसुवाका प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीले भने, ‘साढे सात किलो जति सुनजस्तो धातु फेला परेको हो, यसबारे अनुसन्धान भइरहेको छ।’

प्रहरीका अनुसार बा४ख ६२०१ नम्बरको गाडीमा सुन बरामद गरिएको हो। यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार