परमेश्वरको मण्डलीद्वारा हेटौँडामा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न, अभियानमा करीब ४०० जना सहभागी

हेटौडा । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (महासचिव पास्टर गिम जु छल) ले आज बुधबार (मे १४ तारिख)मा हेटौंडाको मुख्य बजार क्षेत्रमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । सरसफाइ कार्यमा मण्डलीका सदस्यहरू ,स्थानिय सुरक्षाकर्मीहरू र नगर प्रहरीहरू गरी करीब ४०० जना स्वयंसेवकहरूले बजारको ३ किलोमिटर क्षेत्र सरसफाइ कार्य सम्पन्न गरेका हुन् । स्वयंसेवकहरूले करिब ३ टिपर विभिन्न प्लास्टिकजन्य फोहोरहरू सङ्कलन गरेका थिए ।

परमेश्वरको मण्डलीका एक जना अधिकारीले भने, “परमेश्वरले सृष्टि गर्नुभएर मानव-जातिलाई आबाद गर्न दिनुभएको पृथ्वीको वातावरणलाई बचाउन र हाम्रा छिमेकीहरूलाई स्वस्थ जीवन जिउन मद्दत गर्न हामीले यो सरसफाइ आयोजना गरेका हौं । हामीले गरिरहेको यो कार्य केवल सरसफाइ मात्र नभएर वातावरणप्रतिको आम धारणालाई बदल्ने अवसर हुनेछ भन्ने आशा गर्दछौं ।”

हेटौँडा उपमहानगरपालिकाले फोहोर सङ्कलन कार्यमा सहयोग गर्दै स्वयंसेवकहरूलाई प्रोत्साहन दिएका थिए। कार्यक्रममा उपस्थित हेटौंडाका उप- मेयर राजेश बानियाँ ज्यूले ८७२३औँ विश्व वातावरण सुसफाइ अभियान हेटौँडा क्षेत्रमा गरेको भन्दै परमेश्वरको मण्डलीलाइ हार्दिक आभार व्यक्त गर्नुभयो । साथै यो कार्यक्रममा शैक्षीक , सामाजिक, प्रशासनिक, राजनितिक,सुचान तथा सन्चार लगायत विभिन्न क्षेत्रमा कार्यरत अतिथीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

परमेश्वरको मण्डलीका सन्तहरूले विश्वभरि अनवरत रूपमा वातावरण सरसफाइ गर्दैआएका छन् । नेपालमा हेटौँडा, काठमाडौँ, ललितपुर, भक्तपुर जस्ता विभिन्न क्षेत्रका सहर, पार्क र सडकमा निरन्तर सरसफाइ गरिएको छ । रक्त अभाव भएर जीवन जोखिममा परेका छिमेकीहरूलाई सहयोग गर्न हरेक वर्ष जारी हुने ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने विश्वव्यापी रक्तदान अभियान’ गत वर्ष मात्र २१ पटक सञ्चालन गरिएको थियो । नर्सिङ होम र वृद्धाश्रम जस्ता सामाजिक कल्याण संस्थाहरूको भ्रमण गरेर आवश्यक सामग्री अनुदान गर्ने, सरसफाइमा सघाउने स्वयंसेवा, भूकम्पले क्षतिग्रस्त क्षेत्रमा मर्मतसम्भार सहयोग जस्ता विभिन्न गतिविधिमार्फत मण्डलीले स्थानीय समुदायको हेरचाह गर्दैआएको छ । हालसम्म नेपालमा मात्र ५४,१५३ जनाले ९४१ वटा विभिन्न सामाजिक योगदानका गतिविधिहरू गरेका छन् ।

परमेश्वरको मण्डलीचाहिँ विश्वको १७५ वटा राष्ट्रका ७,८०० भन्दा बढी क्षेत्रहरूमा स्थापना भएको विश्वव्यापी मण्डली हो । पञ्जीकृत सदस्य संख्या ३९ लाख २० हजार रहेको परमेश्वरको मण्डलीले बाइबलको आधारमा पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । मण्डलीले सुरुको मण्डलीले जस्तै नयाँ करार निस्तार-चाड लगायत ३ चरणका ७ वटा चाडहरू मान्दछ । ख्रीष्टको शिक्षाअनुसार छिमेकीलाई प्रेम गर्दै मण्डलीले विपत्ति राहत कार्य, जलवायु परिवर्तन प्रतिरोध गतिविधि, रक्तदान कार्यक्रम जस्ता विभिन्न सामाजिक योगदानका गतिविधिहरू ३०,००० पटकभन्दा सञ्चालन गरिसकेको छ ।

यस्तो योगदानको कदरस्वरूप मण्डलीले संयुक्त राज्य अमेरिकाका तीन सरकारहरूबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, ब्राजिलको विधायिकी पदक, पेरुको राष्ट्रिय सभा पदक आदि ५,००० भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । यस्ता अनवरत मानव कल्याणका गतिविधिका लागि नेपालमा पनि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गरी मण्डलीको कार्यमा समर्थन जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार