सरकार फेसबुकप्रति लचक ! अब दर्ताको म्याद नतोकिने

काठमाडौं । पटकपटक दिएको समयसीमामा दर्ताको प्रक्रियामा नआएपछि सरकार फेसबुकप्रति लचक बनेको छ । गत चैत ७ गते एकमहिने समयसीमा सकिएपछि सरकारले पुनः एक हप्ता म्याद थप गरेको थियो । तर, फेसबुकले दर्तामा चासो नदिएपछि सरकार पछि हट्न बाध्य भएको हो ।

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले अब दर्ताको म्याद नतोकिने बताए । तर, ढिलोचाँडो मेटासहितका कम्पनी दर्तामा आउनैपर्ने उनको भनाइ छ ।

“औपचारिकरूपमा मेटाले हालसम्म कुनै जानकारी दिएको छैन । अब म्याद तोकिँदैन, विस्तारै दर्ताको प्रक्रियामा आउला,” उनले भने, “फेसबुक रिस्ट्रचरिङ फेजमा रहेका कारण पनि तत्काल दर्तामा नआएको भन्ने सुन्नमा आएको छ । दर्ता गर्न त आउनैपर्छ ।”

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दर्तामा नआए फेसबुकको माउ कम्पनी मेटालाई बन्द गर्ने बताएका थिए । नेपालमा टिकटक, भाइबर, एसएआरएल र सारांश मिडिया ल्याबमात्र दर्ता भएका छन् । तर, अझै केही ठूला कम्पनी दर्तामा आएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार