“तपाईंका तारा, तपाईंको कथा” सुरूवात गर्नुहोस् आफ्नो आर्थिक राशिफलबाट

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यवसाय र आर्थिक पक्ष:
आजको दिन व्यापारमा सामान्य लाभ रहनेछ। नयाँ काम सुरु गर्दा सोचविचार गर्नुहोस्। प्रयत्न र मेहनतले लक्ष्यमा पुग्न सकिनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ।

♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यवसाय र आर्थिक पक्ष:
आयका नयाँ स्रोतहरू बढ्नेछन्। कार्यक्षेत्रमा सन्तानको सहयोग मिल्नेछ। प्रतिस्पर्धामा सफल भइनेछ। आर्थिक लाभ हुने काम सुरु हुनेछ। रोकिएको काम बन्नेछ।

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यवसाय र आर्थिक पक्ष:
नोकरी वा पेशामा सम्झौता नवीकरण गर्ने समय छ। व्यापार व्यवसायमा परदर्शी रहनुहोस्। कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नेछ। यद्यपि, भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न कठिन हुने दखिन्छ। नयाँ काम सुरु गर्नुअघि विचार गर्नुहोस्।

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यवसाय र आर्थिक पक्ष:
कुनै काम दोहोर्याएर गर्दा फाइदा हुनेछ। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। चुनौती पन्छाएर काम गर्ने समय छ। विभिन्न उपहार प्राप्त हुनसक्छ। रोकिएका काम बन्नेछ। उद्योग र व्यापारमा लाभ मिल्नेछ। कर्मको उचित प्रतिफल पाइनेछ।

♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यवसाय र आर्थिक पक्ष:
रोकिएको काम सुरु गर्ने समय छ। इमान्दारीपूर्वक काम गर्दा जीवनशैलीमा सुधार आउनेछ। धन बाहिरिने सम्भावना छ। कर्जा र उधारो कारोबारमा चनाखो रहनुहोला। नियमित काममा फाइदा हुने भए पनि विवादास्पद जिम्मेवारीले झमेलामा पार्न सक्छ।

♍ कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यवसाय र आर्थिक पक्ष:
मेहनतको राम्रो परिणामले आत्मविश्वास बढाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मिहिनेतले कीर्तिमानी कामको यश लिन सकिनेछ। रचनात्मक कार्य गर्न सकिनेछ। आफन्तहरूको साथ र सहयोगले अवसरहरू प्राप्त हुनेछ ।

♎ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यवसाय र आर्थिक पक्ष:
अवसरवादीहरूबाट सावधान रहनुहोला। वैदेशिक यात्राको लागि दिनभरि दौडधुप गर्नुपर्ला। कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरुलाई सापट दिनुपर्ने हुनसक्छ। अर्थअभावले सताउने समय छ। अरुको करकापमा कुनै पनि निर्णय नगर्नुहोला। महिनत गर्दा समय अनुकूल रहेको छ।

♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यवसाय र आर्थिक पक्ष:
श्रमको उचित मूल्याङ्कन हुनेछ। कृषि वा पशुपालन व्यवसायबाट लाभ प्राप्त होला। कार्यक्षेत्रमा तारिफ योग्य कामले धेरैको प्रशंसा बटुल्न सकिएला। यद्यपि, समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला।

♐ धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यवसाय र आर्थिक पक्ष:
आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। ठेकापट्टाको कामबाट विशेष लाभ प्राप्त गर्ने अवसर मिल्नेछ। यद्यपि, उठ्नुपर्ने रकम हात पर्न मुस्किल देखिन्छ। अड्किन सक्छ। नियमित व्यवसायमा सामान्य फाइदा भइरहनेछ। पछिका लागि लगानी गर्न सकिनेछ।

♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यवसाय र आर्थिक पक्ष:
सामाजिक दायित्व बढ्नेछ। नयाँ जिम्मेवारी पाउँदा मन खुसी हुनेछ। सामान्य फाइदा भए पनि तारिफयोग्य काम सुरु हुनेछ। चिताएको काम छिटै सम्पादन हुनेछ। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने समय छ।

♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

व्यवसाय र आर्थिक पक्ष:

आजको दिन व्यापारमा सामान्य लाभको योग रहेको छ। नयाँ काम सुरु गर्दा सोचविचार गर्नुहोस् र अनावश्यक जोखिमबाट बच्नुहोस्। आर्थिक लेनदेनमा पारदर्शिता र इमानदारी कायम राख्नुहोस्। घरजग्गाको कारोबारबाट राम्रै फाइदा मिल्नेछ।

♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

व्यवसाय र आर्थिक पक्ष:

काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार