काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाली बजारमा सुनको मूल्य एकै दिन एक हजार ७०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बुधबार एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ६०० कायम भएको छ ।
त्यसैगरी, एक तोला चाँदी एक हजार ९६५ रुपैयामा मा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला सुन रु एक लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।