🐏 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शेयर बजारमा लगानी गर्दा विचार गरेर मात्र अघि बढ्नु लाभदायक हुनेछ। छोटो यात्रा गर्ने अवसर मिल्नेछ। प्रतिस्पर्धात्मक स्वभाव देखा पर्नेछ। भाग्यको साथ नभएको आभास हुन सक्छ, जसले कार्य सफलतामा बाधा पुर्याउन सक्छ।
🐂 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यवसायमा हात हाल्ने शुभ अवसरको रूपमा अघि बढ्दा लाभ हुन सक्छ। शेयर बजारमा संलग्नता फलदायी हुनेछ। अनुसन्धान तथा खोजमूलक क्षेत्रका व्यक्तिहरूलाई पनि लाभ प्राप्त हुनेछ।
👯 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शेयर बजारमा लगानी नगर्नु नै आजका लागि तपाईंको जित हुनेछ। ठेक्कापट्टामा सक्रियहरूलाई पनि लाभ प्राप्त हुनेछ। छोटो यात्रा सम्भावना रहेको छ। साथीभाइबाट साथ सहयोग पाउन सकिन्छ।
🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यक्तित्व प्रभावकारीता बढ्नेछ। तर अत्यधिक रिसाहा स्वभाव पनि देखा पर्ने भएकाले यसमा ध्यान दिनुहोस्। सूचना, प्रविधि तथा सर्जिकल क्षेत्रका व्यक्तिहरूलाई लाभ प्राप्त हुनेछ। अन्यको हकमा सोचे जस्तो आम्दानी हुने छैन। शेयर बजारमा सोचेर मात्र लगानी गर्नु उपयुक्त हुनेछ।
🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नेतृत्वमा सफलता मिल्नेछ। निजामति, न्याय, प्रशासनको क्षेत्रमा सक्रियहरूले सफलता तथा अभिवृद्धिको अवसर प्राप्त गर्नेछन्। फलाम, उद्योग, कलकारखाना, यातायात क्षेत्र, केमिकल्स आदि क्षेत्रमा संलग्नहरूलाई लाभ प्राप्त हुनेछ। शेयर कारोबारमा औसत लाभ प्राप्त हुनेछ।
👧 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कर्मशीलता र सक्रियतामा अभिवृद्धि हुनेछ। नेतृत्वमा रहेका व्यक्तिहरूलाई अपजस आउनेछ। पेशागत जीवनमा उल्झनहरू तथा आरोप-प्रत्यारोप र अपमान लाग्नेछ। शेयर बजारमा संलग्नताले केही लाभ प्रदान गर्नेछ।
⚖️ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाम्पत्यको सक्रियताले आम्दानीमा वृद्धि हुन सक्छ। फलाम, भाडाका सवारीसाधन सेवा, पेट्रोलियम पदार्थ, कलकारखानाजन्य क्षेत्रका व्यक्तिहरूलाई लाभ प्राप्त हुनेछ। पेशागत सफलताबाट भाग्यको अभिवृद्धि हुन सक्छ। शेयर बजारबाट फाइदा मिल्नेछ।
🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्यको साथका कारण अड्केका काम अघि बढ्नेछन्। सोचेका र योजना बनाएका महत्वाकांक्षाहरू पूरा हुनेतर्फ जानेछन्। धन-धान्यमा वृद्धि हुनेछ। धेरै चुनौतिले भरिएका निर्णयहरू लिँदा भने ध्यान दिनु पर्नेछ। साझेदारीमा द्वन्द्व देखा पर्नेछ। शेयर बजारमा भने केही गुमाउनु पर्नेछ।
🏹 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रतिस्पर्धात्मक स्वभाव देखा पर्नेछ। जीवनसाथीको साथले अघि बढेमा व्यवस्थापकीय क्षेत्रमा लाभ मिल्नेछ। पैतृक सम्पत्तिको परिचालनमा सफलता मिल्नेछ भने लाभ हुनेछ। जोखिमपूर्ण निर्णयहरू लिन आँट आउनेछ। शेयर बजार अनुकूल रहने छैन।
🐊 मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
धन-सम्पत्तिमा वृद्धि हुनेछ। साझेदारीमा सफलता मिल्नेछ। जीवनसाथीका कारण धन-धान्य वृद्धिमा मद्दत मिल्नेछ। भाग्यको अभिवृद्धि हुने भएकाले कार्यसफलता मिल्नेछ। शेयर कारोबार तथा सट्टेबाजीका क्षेत्रमा उत्साह जाग्नेछ र फाइदा पनि मिल्नेछ।
🌊 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मनमा अलि निराशा आउनेछ। शिर भारी हुने तथा टाउकोसँग सम्बन्धित समस्याले पिरोल्नेछ। मेहनत र पराक्रममा भने वृद्धि हुनेछ। पेशागत जीवनमा उल्झनहरू आउने भएकाले सतर्क रहनुहोस्। साझेदारीमा समस्याहरू देखा पर्नेछन्। शेयर बजार औसत खालको रहनेछ।
🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
विदेश यात्राको योजना बन्नेछ। शैक्षिक तथा बौद्धिक क्षेत्रमा संलग्नहरूलाई लाभ प्राप्त हुनेछ। पेशागत जीवनमा केही उल्झनहरू आउनेछन्। जीवनसाथीको साथसहित कार्य गरेमा मेहनत र पराक्रम बढ्ने भएकाले केही सफलता प्राप्त हुनेछ। शेयर बजारबाट आंशिक लाभ प्राप्त हुने देखिन्छ।