मंगलबार मधेस प्रदेशमा सार्वजनिक विदा

जनकपुरधाम– मधेश प्रदेश सरकारले यही वैशाख २३ गते अर्थात् मंगलबार सार्वजनिक विदा दिएको छ ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मंगलबार प्रदेशभर सार्वजनिक विदा दिने जनाएको हो ।

मंगलबार जानकी नवमी-सीता जयन्तीको अवसरमा उक्त विदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।

साथै, आगामी जेठ २८ गते कबिर दास जयन्तीका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार