भारतले नेपालतर्फ बिजुली पठाउने समय एक घण्टा घटायो

काठमाडौं । भारतले नेपालतर्फ बिजुली पठाउने समय एक घण्टा घटाएको छ। यसअघि १६ घण्टा दिइरहेकोमा अब १५ घण्टा मात्रै दिने भएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यसअघि १६ घण्टा आयात भइरहेकोमा एक घण्टा घटेको जानकारी दिए । प्राधिकरणका अनुसार अब भारतले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म र राति २ बजेदेखि बिहानको ६ बजेसम्म बिजुली नेपालतर्फ पठाउनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार अहिले नेपाल-भारत विद्युत विनिमय समितिमार्फत करिब ३०० मेगावाट आयात भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार