सामाजिक सुरक्षा कोषमा करिब १ खर्ब ३० अर्ब रुपैयाँ संकलन

काठमाडौँ – सामाजिक सुरक्षा कोषमा करिब १ खर्ब ३० अर्ब संकलन भएको छ।

कोषकाअनुसार गत असोज मसान्तसम्म औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका गरी ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ताले हालसम्म हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ योगदान गरेका छन्।

कोषमा सहभागिताको हिसाबले वैदेशिक रोजगारीमा जानेहरूको संख्या ठूलो छ। सोही कारण योगदानको हिसाबले पनि उनीहरूले नै बढी गरेका छन्।

कोषकाअनुसार वैदेशिक रोजगारी क्षेत्रबाट मात्रै २४ लाख ५० हजार ९५८ जना कोषमा आबद्ध भएका छन्।

यो कुल योगदानकर्ताको करिब ७५ प्रतिशत हो। त्यस्तै, औपचारिक क्षेत्रबाट ७ लाख ९० हजार ८३ जना, अनौपचारिक क्षेत्रबाट १ हजार १६८ जना र स्वरोजगार क्षेत्रबाट १ हजार ४९२ जना कोषमा आबद्ध भएका छन्। औपचारिक क्षेत्रअन्तर्गत सातै प्रदेशबाट योगदानकर्ता आबद्ध भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार