आन्दोलन र सरकारसँगको वार्तालाई सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय

काठमाडौँ – नेपाल शिक्षक महासंघले आन्दोलन र सरकारसँगको वार्तालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ।

मंगलबार बसेको महासंघको विस्तृत बैठकले आन्दोलनसँगै वार्तालाई समेत अगाडि बढाउने निर्णय गरेको हो।

सरकारसँगको वार्ताका लागि महासंघले विभिन्न सर्तहरु राखेको छ। यसअघि आफुहरुलाई वार्ताभन्दा विद्यालय शिक्षा ऐन चाहिएको भन्दै वार्तामा बस्न अस्वीकार गर्दै आएका थिए।

शिक्षामन्त्रीसँग पटक पटक गरेको छलफललाई महासंघले आधिकारिक रुपम वार्तामा मानेको थिएन। महासंघले आधिकारक रुपमा निर्णय गर्दै महासंघले अघि सारेका ९ बुँदे प्रस्तावमा सहमति हुने आधारसहित वार्तामा बस्ने निर्णय गरेको हो।

एकीकतृ अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले आन्दोलनसँगसँगै सरकारसँग वार्तामा समेत बस्ने निर्णय भएको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार