सुनचाँदीको मूल्य क्रमशः घट्दै

सुनको मूल्य दुई हजार २०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँ घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ३५५ रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोलाको मूल्य चार हजार ४१५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार