भेरी अस्पतालमा आगलागीबाट ४ करोडको क्षति

काठमाण्डु– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीबाट ४ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा विद्युत् सर्ट सर्किट भई आगलागी हुँदा यहाँ रहेका औषधि, उपकरण, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएका अस्पतालका मेडिकल सुपरिटेण्ड डा. निराजन सुवेदीले जानकारी दिए ।

उनका अनुसार सो घटनाको छानबिनका सन्दर्भमा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले अस्पताल विकास समितिका सदस्य डा डक्ट धितालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

समितिले ४ दिनभित्र प्रतिवेदन बुझाउने छ । आगलागीका कारण आजदेखि दुई दिनसम्म भेरी अस्पतालको बहिरङ्ग ९ओपिडी० सेवा बन्द गरेको छ । आगालागी भएको मेडिकल स्टोर र ओपोडी सेवा एउटै भवनमा रहेकाले पनि काम गर्न असहज हुने देखिएपछि ओपिडी सेवा बन्द गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार