रेड कार्पेट र गार्ड अफ अनर बिना अमेरिका उड्दै प्रधानमन्त्री बालेन

वर्षौँ पुरानो अर्को भीआईपी परम्परासमेत तोड्ने भए

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले विमानस्थलमा देखिने वर्षौँ पुरानो अर्को भीआईपी परम्परासमेत तोड्ने भएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ न्युयोर्क प्रस्थान गर्न लागेका प्रधानमन्त्री शाहको बिदाइका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना हुने छैन।

भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेका बेला विमानस्थलमा कुनै तामझाम नगर्ने शाहको अडानपछि सेनाको ‘गार्ड अफ अनर’, रेड कार्पेट र भीआईपी लाउन्जको औपचारिक बिदाइ कार्यक्रम रद्द गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्रीहरू, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा विदेशी कूटनीतिज्ञलाई समेत बिदाइका लागि विमानस्थल बोलाइएको छैन। प्रधानमन्त्रीको सवारी भीआईपी लाउन्जबाट सिधै विमान पार्किङस्थलसम्म पुगेर जहाज चढ्ने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार