बाँसको पुल तर्न पनि बिस रुपियाँ

लहान । सिराहा र धनुषा जिल्लाको सीमामा रहेको कमला नदी तर्न हुलाकी सडक भएर आउने जाने प्रत्येक मोटरसाइकलचालकले ४० रुपियाँ तिर्नुपर्ने बाध्यता छ । हुलाकी सडकमा पर्ने कमला नदीमा ४७० मिटर लामो र ११ मिटर चौडाइ भएको कमला पुल उद्घाटन नहुँदै भासिएपछि बर्खामा कमला नदी भएर ओहोरदोहोर गर्न निकै सास्ती खेप्नु परेको छ ।

सिराहा नगरपालिकाले १५ लाख ७५ हजार रुपियाँमा छ महिनाका लागि असारसम्म बाँस र काठको अस्थायी पुल निर्माण गरिदिएपछि २० रुपियाँको टिकट लिएर दिनभरि ओहोरदोहोर गर्न सकिने ठेकेदार वसन्त मुखियाले बताउनुभयो । उक्त बाटो भएर दिनको एक हजार वटासम्म मोटरसाइकल ओहोरदोहोर गर्ने गर्छन् । बाँस र काठको अस्थायी पुल नहुँदा स्थानीयले आफ्नै लगानीमा बनाएको पुलबाट ओहोरदोहोर गर्दा सय रुपियाँ तिर्नु पथ्र्यो । सिराहा नगरपालिकाले व्यवस्थापन गरेपछि २० रुपियाँमा ओहोरदोहोर भइरहेको स्थानीयले बताए । आजको गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार